आज थप ३०६ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

   २८ कार्तिक २०७८, आईतवार १६:५१  

२८ कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ ।

यसैबीच, ३४८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससहित हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख ९८ हजार २ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड १९ को संक्रमणका कारण यो अवधिमा थप ६ जनाले ज्यान गुमाएका छन् । योसंगै हालसम्म नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ४ सय ७७ पुगेको छ ।

हाल नेपालमा ७ हजार २ सय १५ कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।