मुस्ताङमा भीषण हिमपहिरो (भिडियो सहित)

   २८ कार्तिक २०७८, आईतवार १५:१५  

२८ कात्तिक, रौतहट । मुस्ताङमा आइतबार बिहान भीषण हिमपहिरो खस्दाँ ६ जना भन्दा बढी मानिसहरु घाइते भएका छन् ।

मुस्ताङको थासाङगाउँपालिकामा आज बिहान ११:४० बजेतिर धौलागिरि हिमालको रेन्जबाट हिमपहिरो गएको बताइएको छ ।

भीषण हिमपहिरोको कारण भागदौडमा गर्ने क्रममा लडेर ६ जनाभन्दा बढी मानिसहरु घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

हिमपहिरो खस्ने बेलामा भागदौडमा परि लडेर घाइते भएको उनीहरुलाई उपचारका लागि जोमसोम पठाउने तयारी भइरहेको शर्माले बताए ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुस् ।

https://www.facebook.com/thenepalmedia/videos/2565639313579567