दुई दिनको अन्तरालमा भेरी अस्पतालमा तीन सङ्क्रमितको मृत्यु

   २८ कार्तिक २०७८, आईतवार ११:१५  

२८ कात्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण दुई दिनको अन्तरालमा भेरीअस्पतालमा ३ जनाको मृत्यु भएको छ ।

बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ४ बस्ने ४५ वर्षीया महिलाको गए राति उपचारकै क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा यही कात्तिक २५ गते (बिहीबार) ती महिलाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

संक्रमण पुष्टि भएकै दोस्रो दिन उपचारको लागि भर्ना भएकाी उनको हिजो गएराति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

यसैगरी कैलाली लम्कीचुहा नगरपालिका–५ निवासी ७७ वर्षीय पुरुष र दाङ निवासी ४५ वर्षीया महिलाको शनिबार नै कोरोनाबाट निधन भएको थियो ।