गौरमा महिला तस्करहरुको रजगज
२७ कार्तिक, रौतहट । रौतहटको गौर भन्सार क्षेत्रमा पोके तस्करहरुको बिगबिगी भएको छ ।
नेपाल भारत सिमाको गौरमा महिला पोके तस्करहरुले निर्वाध रुपमा तस्करी गरि रहदा पनि सम्बन्धित निकाय मौन रहेको छ । केही महिना अघि सशस्त्र प्रहरीको महिला कर्मचारीलाई कुटपिट गरेका महिला तस्करहरुको समुहले अहिले चामल लगायतका खाद्यान्न तस्करी तिव्र पारेका छन ।
सुरक्षाकर्मी कुटेर मनोबल बढेको महिला तस्करहरुले मुख्य नाका हुँदै दिनभरी नै चामल लगायतका खाद्यान्न तस्करी गरेको दृश्य गौरमा सजिलै देखिन्छ । भारतीय बजारबाट तस्करी गरेर ल्याएको सामानहरु गौर भन्सार रोडमै रहेको एक घरमा उनिहरुले राख्ने गरेका छ्न । यसरी थुपारिएका सामान टाँगा र टेम्पोहरुमा राखेर उनिहरुले गौरका विभिन्न पसलहरुला पुर्याउने गरेका छ्न ।
भन्सार छेउमै तस्करीको सामान थुपार्ने गोदाम रहदा समेत सिमानाकामा खटेका सुरक्षाकर्मी र भन्सार कार्यालयले नियन्त्रणमा लिन सकेको छैन ।