मोटरसाईकल खोलामा खस्दा चालकको मृत्यु
द नेपाल मिडिया
२७ कार्तिक २०७८, शनिबार ११:५६
२७ कात्तिक, सुर्खेत । खोलामा मोटरसाईकल खस्दा एक जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ र ७ को सिमाना खारखोेलीमा मोटरसाईकल खोलामा खस्दा मृत्यु भएको हो ।
शुक्रबार बेलुकी ८ बजे नेपाल दुर सञ्चार कार्यालयको बाटो हुँदै वडा नम्वर ५ को चिसापानी जाने क्रममा दैलेखको महाबु गाउँपालिका वडा नम्वर ५ घर भएका २३ वर्षीय मनोज सिंह ठकुरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मृतक सिंहले चलाएको बाग्मती प्रदेश ०२०२८ प ४८८७ नम्वरको मोटर साईकल साँघुरो पुल भएका कारण खोलामा खसेको थियो । मृतक सिंह नेपाल प्रहरीको जवान पदमा काठमाडौँमा कार्यरत रहेको बताइएको छ ।