पेस्तोल र गोली सहित एक जना पक्राउ

   २७ कार्तिक २०७८, शनिबार ११:४५  

२७ कात्तिक, बारा । हतियारसहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कटुवा पेस्तोल सहित महागढीमाई नगरपालिका–५ का ३५ वर्षीय मनोजप्रसाद जैसवाललाई पक्राउ गरेको हो ।

बिहीबार राति खोपवा बजारबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् । जैसवालको साथबाट पेस्तोलसँगै एक राउन्ड गोली पनि बरामद भएको उनले बताए ।

प्रहरीले उनलाई बारागढी गाउँपालिका–३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रदेश–३–०२–०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी लिँदा कम्मरबाट पेस्तोल बरामद भएको थियो ।

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।