१ सय ८६ किलो गाँजा सहित २ पक्राउ

   २६ कार्तिक २०७८, शुक्रबार १२:३७  

२६ कात्तिक, रौतहट ।  रौतहटको गौरमा ठूलो परिमाणमा लागुऔषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका ४ मा रहेको सिवाङ्गी पेट्रोल पम्प अगाडि रोकि राखेको ट्रकबाट प्रहरीले १ सय ८६ किलो गाँजा बरामद गरेको हो । ना ६ ख ५९४३ नम्बरको मिनी ट्रकबाट १२ पोकामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।

ट्रकको चेसिस भित्र गाँजा लुकाएर ल्याएको अवश्थामा प्रहरीले सुराकीको आधारमा सो लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित मकवानपुर थाहा नगरपालिकाका सुरेन्द्र गोले र रितम तामाङ्गलाई नियन्त्रणमा लिएको डिएसपी चिमरियाले बताए ।

बरामद भएको सो गाँजा उनीहरुले भारततर्फ लग्न खोजेको अवश्थामा प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो ।