बालुवाटार पुगे कानुनमन्त्री दिलेन्द्र बडू

   २६ कार्तिक २०७८, शुक्रबार १२:०४  

२६ कात्तिक, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान कानुनमन्त्री दिलेन्द्र बडूलाई सरकारी निवास बालुवाटार बोलाएका छन् ।

न्यायालयको विवाद लम्बिएपछि शुक्रबार बिहानै प्रधानमन्त्री देउवाले बडूलाई बालुवाटार बोलाएका हुन् । कानूनी व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई पदच्युत गर्न सरकारले अग्रसरता देखाउनुपर्ने माग राखेका थिए । तर बडूले अदालतको विषयमा संविधानको दायराभित्र रहेर सरकारले अगाडि बढ्ने बताएका थिए ।

विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, बारका पूर्व अध्यक्ष प्रेम खड्का र महान्यायधीवक्ता खमबहादुर खाती, पूर्णमान शाक्य लगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गरेका थिए ।

आज बाडूलाई बालुवाटार बोलाउनु अघि विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेका थिए ।