१५ किलो चरेससहित गोरखाबाट एक महिला पक्राउ

   २६ कार्तिक २०७८, शुक्रबार १०:५७  

२६ कात्तिक, रौतहट । १५ किलो चरेससहित गोरखाबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति लाप्राकबाट गोरखा सदरमुकाम आउँदै गरेको बा २० च ९३३२ नम्बरको जिपमा चढेर आएकी धार्चे गाउँपालिका लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त जिपलाई चेकजाँच गर्ने क्रममा गुरुङले बोराभित्र लुकाईछिपाई राखेको अवस्थामा १४ किलो ८ सय ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाविरुद्ध बिहीबार लागू औषध चरेस शिर्षकमा मुद्दा दर्ता गरी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।