करणी आरोपमा युवक पक्राउ

   २५ कार्तिक २०७८, बिहीबार १४:२७  

२५ कात्तिक, रौतहट । करणी आरोपमा रुकुम (पूर्व) बाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका वडा नम्बर ८ बस्ने २४ वर्षीय सञ्जय नाथ रहेको प्रहरीले जनाएको छ ।

आरोपी नाथले स्थानीय १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग परेको उजुरीको आधारमा उनलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ ।

पक्राउ परेको उनलाई हिरासतमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।