अस्ताउदो सूर्यलाई पहिलो अर्घ

   २४ कार्तिक २०७८, बुधबार १८:३३  

२४ कार्तिक , रौतहट । लोकआश्थाको महापर्व छठको आज तेश्रो तथा मुख्य दिन व्रतालुहरु भक्तिभावका साथ साझ अस्ताउदो सूर्यलाई अर्घ दिएका छन ।

रौतहटका विभिन्न नदी, ताल तथा पोखरीहरुमा व्रतालुहरुले आज अस्ताउदो सूर्यलाई अर्घ दिएका हुन । चार दिवसीय पहापर्वको आज तेश्रो दिन श्रृगारिएका छठ घाटहरुमा व्रतालुहरुले भगवान भाष्करलाई अर्घ दिएका हुन ।
छठ पूजाको लागी जिल्लाभरीका अधिकांश नदी तथा पोखरी लगायतका जलाशयहरुको किनारलाई सफा सुग्घर पारी श्रृङ्गारीएको छ । झिलीमिली बतिले दुलही झै सजाइएका छठ घाटहरु यति खेर व्रतालु तथा दर्शनार्थीहरुको लागी तयार पारिएको थियो । यीनै छठ घाटहरुमा आज व्रतालुहरुले अस्ताउदो सूर्यलाई पहिलो अर्घ दिएका हुन ।

संसार लाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ । चार दिनसम्म मनाइने यो पर्वको आज तेश्रो दिन सूर्य भक्तिमा लिन भएर पूजाआजा गर्दै साझ अस्ताउदो सूर्यलाई पहिलो अर्घ दिइने छ भने भोलि बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ दिए पछि विधिपूर्वक यो पर्व सकिनेछ ।