छठको बेला भारतमा ठगिदै नेपाली (फोटो फिचर)
२२ कात्तिक, रौतहट । तिहार सकेलगतै तराईवासी हिन्दुहरुको सबैभन्दा ठुलो र पवित्र पर्व छठ पूजाको समाग्री लगायत अन्य समाग्री किन्नेहरुको चाप बढेको छ ।
एकदमै कडा धार्मिक नियमपुर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्वको तयारीमा आजबाट सुरु भएको हो । भारतीय सिमा नजिकै भएका कारण रौतहटका प्रायः मानिस बैरगनियाबाटनै समान खरिद गर्ने गर्छन् । भारतीय बजारमा सामान किन्न जाने नेपालीसंग भारतिय व्यापारीले ‘बटा’ को नाममा सयकडा ६ रुपैयाँ सम्म अधिक लिइरहेका छ्न ।
१ किलो सामान खरिद गर्दा तौल समेत कम हुने र रकम पनि बढी तिर्दा स्थानीयहरु ठगिने क्रम बढेको छ । छठको बेला समान खरिद गर्ने मानिसको सिमामा चाप बढेको छ भने नेपाली बजारमा व्यापार कम भएको व्यवसायीहरुले बताएका छ्न । नेपालमै पाइने सामग्रीहरु समेत भारतमा सस्तो मूल्यमा पाउने भन्दै भारत जानेहरुको भिड बढेको छ । रौतहटका ७० प्रतिशत भन्दा बढी मानिस किनमेलका लागि बैरगनिया गइ रहेका छ्न ।
लत्ता कपडा तथा खाद्यान्न सामग्री खरिद गर्न स्थानीयहरु भारतीय बजार तर्फ गएको कारण आफुहरु मर्कामा परेको व्यापारीहरु बताउछ्न । भारतीय बजारमा हजारौंको संख्यामा नेपालीहरु पुग्न थाले पछि नेपाली रुपैयाँको मुल्य घटाएर भारतीय मुद्रामा भारतीय व्यापारिले थप रकम लिन थालेका छ्न ।
एक सय भारतीय रुपैयाँको नेपाली विनिमय दर १ सय ६० रुपैयाँ नेपाली भए पनि भारतीय व्यापारीले प्रत्येक सय रुपैयाँमा नेपालीसंग ६ रुपैयाँ सम्म थप रकम लिइ रहेका छ्न । रौतहट जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि धमाधम भईरहेको छ ।