नेपालमा थपिए १४३ संक्रमित, ५६३ कोरोनामुक्त

   २१ कार्तिक २०७८, आईतवार १६:४३  

२१ कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ९ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १ सय ४१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा ३ सय ५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा एन्टिजेन संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ पुगेको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा थप ५ सय ६३ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख ९५ हजार ३ सय ९७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ४ सय ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ७ सय १३ कोरोना संक्रमित उपचाररत छन् ।