सल्यानमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो
२१ कात्तिक, रौतहट । सल्यानबाट दाङतर्फ जादैँ गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
सल्यानको खलंगाबाट दाङको तुलसीपुर जादैँ गरेको रा१ख २५५२ नम्बरको बस आइतबार बिहान दुर्घटना भएको थियो । ३० जना सवार भएको यात्रु बाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सल्यानको खलंगाबाट दाङको तुलसीपुर जादैँ गरेको बस त्रीव गतिका कारण कपुरकोट गाउँपालिकामा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।