आज शीतल निवास पुगे ओली
द नेपाल मिडिया
२१ कार्तिक २०७८, आईतवार १३:४३
२१ कात्तिक, रौतहट । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ ।
आइतबार अपहन १२ः३० बजेतिर शीतल निवास पुगेर ओली राष्ट्रपतिसंग भेट गरेको स्रोतले जनाएको छ । सोतका अनुसार भर्खरै गएको दशै, तिहार र नजिकिएको छठ पर्वका अवसरमा शुभकामना आदान प्रदानका लागि ओली आज भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
यस्तै, आगामी मंसिरमा हुने एमाले महाधिवेशनका बारेमा समेत कुराकानी हुनसक्ने बताइएको छ ।