हात्तीको आक्रमणबाट चितवनका एक जनाको मृत्यु
२१ कात्तिक, रौतहट । जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
राप्ती नदीको ड्यामसाइड घुम्न गएका उनीहरुमाथि जैगली हात्तिले आक्रमण गरेको थियो । चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार राप्ती १ घलानचोक बस्ने २८ वर्षका सागर लामाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
यस्तै, सोही स्थानका २३ वर्षीय शक्ति गुरुङ र ३५ वर्षीय कृष्ण लामा हात्तिको आक्रमणबाट घाइते भएका हुन् । घाइते दुवै जनाको उपचार भइरहेको छ ।