हत्या आरोपमा श्रीमान् पक्राउ

   २१ कार्तिक २०७८, आईतवार ११:२५  

२१ कात्तिक, रौतहट । हत्या आरोपमा दाङबाट एक जना पक्राउ परेका छन् ।

जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर बस्ने ६० वर्षीय दानबहादुर थापाले गरेको लट्ठी प्रहारबाट उनकी ५० वर्षीया श्रीमती सुनिता रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर घरायसी विवाद गर्दा उनी आफ्नी श्रीमतीको टाउकोमाथि लट्ठीले प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले दाङले जनाएको छ । लट्ठी टाउको र घाँटीमा हिर्काउँदा सुनिताको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्या पश्चात् भाग्न सफल भएका आरोपी थापालाई हिरासतमा लिएको र घटनाबारे उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनिता थापाका कान्छी श्रीमती हुन् ।