४७ फरार अभियुक्त पक्राउ

   २० कार्तिक २०७८, शनिबार १७:०५  

२० कात्तिक, पर्सा । पर्सा प्रहरीले तीन महिनाको अवधिमा जिल्ला अदालतबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको छुट्टाछुट्टै टोलीले उनीहरुलाई पक्राउ गरी अदालतलाई बुझाएको हो ।

प्रहरीले चालु आर्थिक वर्ष २०७८र७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ । यस्तै असोजमा १९ तथा साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताउनुभयो । उनीहरुबाट एक करोड ५२ लाख ४७ हजार जरिवाना असुल गरिएको छ ।