भक्तपुरमा स्कुटर दुर्घटना हुदाँ चालकको मृत्यु

   १९ कार्तिक २०७८, शुक्रबार ११:४८  

१९ कात्तिक, भक्तपुर । भक्तपुरमा स्कुटर दर्घटना हुदाँ चालक ३५ वर्षीय राजकुमार तामाङको मृत्यु भएको छ ।

धुञ्चेपाखाबाट आउँदै गरेका उनी सवार बाग्मती प्रदेश ०२–०१६ प ३४३६ नम्बरको स्कुटर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ तीन दोबाटोमा अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनापछि तामाङ गम्भीर घाइते भएका थिए । उनको नेपाल–कोरियन मैत्री नगरपालिका अस्पताल थिमीमा उपचारको क्रममा मृत्यु भएको हो । उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।