लागूऔषध सहित एक जना पक्राउ
१९ कात्तिक, मोरङ । लागूऔषध सहित प्रहरीले एक जना पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका २ का १९ बर्षीय बिषेश मगर रहेको प्रहरीले जनाएको छ ।
बिहीवार दिउसो १ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मगरलाई लागूऔषध एभिल १५ एम्पुल, डाईजापाम १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, फेरागन १५ एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।