एमालेको उद्धघाटनमा एकीकृत समाजवादीबाहेक सबैलाई बोलाउने

   १७ कार्तिक २०७८, बुधबार १४:३१  

१७ कात्तिक, रौतहट । नेकपा एमालेले महाधिवेशन उद्घघाटन सत्रमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष लगायत तथा कार्यकर्ता बाहेकका अरु पार्टीका शीर्ष नेतालाई सम्बोधनका लागि बोलाउने भएको छ ।

तर माधवकुमार नेपालले नेतृत्व गरेको समाजवादी पार्टीलाई भने उसले नबोलाउने बताएको छ ।

“त्यो अवैध पार्टी हो,” एमाले नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, “अवैध पार्टीलाई बोलाइरहनुपर्दैन ।”

एमालेको उद्घाटनपछि सीधै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । उनले दिएको जानकारीअनुसार उद्घाटनलगत्तै नेतृत्व चयन प्रक्रियामा प्रवेश हुनेछ ।