ठगी आरोपमा उदयपुरबाट दुई भारतीय पक्राउ

   १५ कार्तिक २०७८, सोमबार ११:५६  

१५ कात्तिक, रौतहट । ठगी आरोपमा उदयपुरबाट दुई भारतीय नागरिकलाई प्रहरीले हिरासतमा लिएको छ ।

सुनको गहना सफा गर्ने बहानामा ठगेको अभियोगमा भारतको बिहार सुपौल बस्ने ३० वर्षीय हरिराम शाह र ४५ वर्षीय अरुण शाहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गहना सफा गर्ने बहानामा एसिड प्रयोग गरेर उनीहरुले उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहामा बस्ने कमला राईलाई सुनको सिक्री टल्काइदिने नाममा केमिकल प्रयोग गरेर सुन खियाए ठगी गरेको भन्दैँ दुवै भारतीयलाई पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।

सुनको सिक्रिको तौल घटेपछि प्रहरीमा कमलाले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।