हत्या आरोपमा कैलालीबाट एक जना पक्राउ
१३ कात्तिक, रौतहट । चक्कु प्रहारी गरी युवकको हत्या आरोपमा कैलालीबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आपसी विवाद हुँदा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा भजनी नगरपालिका ३ बस्ने १८ वर्षीय किरण साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारले जानकारी दिए ।
अधिकारीका अनुसार टीकापुर नगरपालिका ८ कालीमाटीमा सोही स्थानका १८ वर्षीय अनुप साउदमाथि किरणले चक्कुु प्रहार गरेको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपलाई उपचारका लागि हिजो गएराति नै टीकापुर अस्पतालमा ल्याएपनि पचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आरोपीमाथि घटनाबारे अनुसन्धान सुरु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।