आज थप ५४९ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

   १२ कार्तिक २०७८, शुक्रबार १६:४४  

१२ कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, यो अवधिमा २ हजार ६ सय १ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा जम्मा ५९ जनामा संक्रमण देखिएको छ ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा थप ५ सय ६९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससिहत हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख ९० हजार ३ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ, भने योसंगै हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ३ सय ८८ पुगेको छ ।