लागू औषधसहित पोखरामा दुई जना पक्राउ

   १२ कार्तिक २०७८, शुक्रबार १३:४४  

१२ कात्तिक, रौतहट । लागूऔषधसहित पोखराबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा ३ का साहिल पौडेल र अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ घर भई पोखरा ३ नदीपुर बस्ने नवीन तिलिजा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा गगनगौडा, पावरहाउस स्थित सवारी चेक जाँचका क्रममा दुवै जनाको सथबाट आइबुनफिर्फिन १ सय एम्पुल, डाईजापाम १ सय एम्पुल र फेनारगन १ सय एम्पुल प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषधसहित दुवै जनालाई बिहीबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।