सिमामा मदिरा पिउने भारतीयहरुको भीड
१२ कात्तिक, रौतहट । नेपाल भारत सिमाक्षेत्रमा अहिले सबै भन्दा फस्टाएको व्यापार भनेकै मदिराको हो । सिमावर्ती बिहार राज्यमा चुनावको माहोल रहेकोले नेपालमा मदिरा सेवन गर्न आउने र सिमाक्षेत्रबाट मदिरा तस्करीको काम फस्टाएको छ ।
रक्सी सेवन गर्ने बानी परेकाहरु दिनहु जसो सिमावर्ती रौतहटको विभिन्न बजारमा आएर मदिराको लत मेटि रहेका छन । अलिकति हुनेखाने भारतीयहरु सदरमुकाम गौरका होटलमा कोठा नै बुक गरेर रातभरी रक्सी सेवन गरी भोलिपल्ट घर फर्किने गर्छन भने निम्नवर्गका हरु मदिराको मात चढे पछि सार्वजनिक सडक मै तमासा देखाउन थाल्छन ।
गौर भन्सार कार्यालय आसपास रहेका अवैध मदिरा पसलहरुमा दिउसै रक्सी सेवन गरेर सडकमा लडनेहरुको सँख्या दिन प्रतिदिन बढदो छ । भारतको बैरगनिया बाट रौतहटको गौर प्रवेशको गर्ने बितिकै जड्याहाहरुको मुख उज्यालो भएर आउछ । भन्सार एरियामै खुलेका मदिरालयहरुले उनीको तलतल झनै बढाउछन र गौर छिर्ने बितिकै लोकल रक्सी भट्टिहरुमा भारतीय जडयाहाको बिहानै देखी भिड शुरु हुन्छ ।
प्रत्येक दिन दिउसै रक्सीको मातमा लडेका मान्छेहरुले गर्दा बाटो हिडने बटुवा र सवारीसाधन लाई पनि समस्या भएको छ भने अर्कोतिर भारतबाट जाँड खान आएकाहरुका कारण पनि सामाजिक विकृती पनि बढी रहेको छ । मदिराको मातमा जडयाहाहरुले अपशब्द बोल्दै होहल्ला गर्ने, कुटाकुट गर्ने र बेहोस भएर लडदा समेत स्थानिय निकायको ध्यान जान सकेको छैन ।
भारत बाट आउने जडयाहाहरुकै कारण रौतहटको गौर, महादेवपट्टी, बंकुल, औरैया लगायतका सिमावर्ति बजारहरुमा रक्सी भट्टी सँचालकहरुको सँख्या समेत बढि रहेको छ । नेपाली व्यक्तिका नाममा दर्ता गराउने तर संचालक भने भारतीय नागरिकहरु रहेको यस्ता रक्सी भट्टीका कारण सहरको स्वरुप पनि कुरुप भएको छ । मदिरा कै कारण समाजमा नकारात्क असर पर्दा समेत स्थानिय प्रशासनले कुनै चासो देखाएको छैन ।
बिहारमा रक्सी प्रतिबन्धीत भए पछि अवैध रुपमा नेपाली बजार बाट मदिराको निर्यात समेत भइ रहेको छ । मदिरा व्यवसायमा देखिएको विकृतिका कारण स्थानिय चिन्तीत बनेका छन । शान्तीपूर्ण सामाजिक परिवेशमा यस्ता जडयाहाँहरुका कारण असर पुगिरहेको छ । भन्सार कार्याल अगाडी भएका सुरक्षाकर्मीले समेत दैनिक रुपमै दोहरिने यस्ता दृश्यहरु रोक्न कुनै पहल गर्दैनन ।
भन्सार कार्यालय अगाडि रहेका कतिपय अवैध भट्टीहरुबाट सुरक्षाकर्मीहरुले समेत रकम असुल्ने गरेको स्थानियले बताएका छन ।