आज थप ५९१ जनामा कोरोना पुष्टि, ६६४ जना संक्रमणमुक्त
११ कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ ।
त्यसैगरी पछिल्ले २४ घण्टामा थप ६६४ जना कोरोनामुक्त भएका छन् । यससहित हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ७ लाख ८९ हजार ७८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच, यो अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने योसंगै हालसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ३८२ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन् ।