महोत्तरीबाट नक्कली नोटसहित एक व्यापारी पक्राउ
११ कात्तिक, रौतहट । नक्कली नोटसहित महोत्तरीबाट आज एक जना तरकारी व्यापारी पक्राउ परेका छन् ।
नेपाली र भारतीय नक्कली नोटसहित जिल्लाको गौशाला नगरपालिका ९ डुवरबन्ना बस्ने ४४ वर्षीय सुकन महतोलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा ग्राहकलाई नक्कली रुपैयाँ दिएपछि, यो घटना बाहिर आएको प्रहरीले जनाएको छ ।
ग्राहले उक्त नोट नक्कली दिएको भनेपछि महतोमाथि अनुसन्धान गर्ने क्रममा निजले गौशालास्थित डेरा गरी बस्दैँ आएको घर तलासी गर्दा नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय २ लाख ८० हजार ९ सय २९ नक्कली रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिए ।
बरामद भएको उक्त नक्कली नोटसहित पक्राउ परेका महतोमाथि यसबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।