गैंडाको आक्रमणबाट कञ्चनपुरमा एक जना घाइते

   १० कार्तिक २०७८, बुधबार १४:२८  

१० कात्तिक, रौतहट । गैंडाको आक्रमणबाट कञ्चनपुरमा एक जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको बेलौरी नगरपालिका ४ बस्ने बलराम रानामाथि आज गैँडाले आक्रमण गर्दा उनी घाइते भएका हुन् ।

बेलौरीको मैनाहा लामिताल नजिक रानालाई गैंडाले आक्रमण गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेशकुमार यादवले बताए।

शुक्लाफाँटा निकुञ्जको गैंडा तीन महिनादेखि गोरखनाथ सामुदायीक वनलगायत क्षेत्रमा घुमिरहेको र आज राना धान हेर्न खेतमा गएको बेला उनीमाथि गैंडाले आक्रमण गरेको यादवले जनाएको छ ।

हाल उनी इसान मेमोरियल अस्पतालमा उपचाररत छन् ।