ठगी आरोपमा पूर्व इन्सपेक्टर केसी पक्राउ
१० कात्तिक, रौतहट । नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई ठगी आरोपमा पक्राउ गरिएको छ ।
आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर उनले ठगेको आरोप केसीलाई हिरासतमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले उनीविरुद्ध बैंकिङ कसुरको उजुर दिएको आधरमा केसीलाई नियन्त्रणमा लिएको हो ।
केसीले ५ करोडभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले बताए । केसीलाई बानेश्वरबाट पक्राउ गरेर यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।