घट्यो सुनचाँदीको भाउ
द नेपाल मिडिया
१० कार्तिक २०७८, बुधबार ११:२३
१० कात्तिक, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका गत मंगलबार तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ९२ हजार तोकिएको छ ।
यस्तै, आज तेजाबी सुनको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको भाउ तोलमा १ हजार २ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि चाँदीको कारोबार तोलामा १ हजार २ सय ६५ रुपैयाँमा भएको थियो ।






