बसको ठक्करबाट सप्तरीमा एक महिलाको मृत्यु
१० कात्तिक, रौतहट । सप्तरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका ७ कल्याणपुर चोकमा बसको ठक्करबाट स्थानीय ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको छ ।
पूर्वबाट पश्चितर्फ जाँदै गरेको को१ख ७७८४ नम्बरको बसले पैदल हिँडिरहेकी भगतलाई मंगलबार गएराति करिब ११ः३० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई उपचारको लागि रुपनीस्थित युनिक अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस र चालकलाई पक्राउ गरिएको छ । पक्राउ परेका चालकमाथि दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।






