नेपालमा थप ६६६ जनामा कोरोना पुष्टि

   ९ कार्तिक २०७८, मंगलवार १६:४३  

९ कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२ हजार २० जनाको पीसीआर परीक्षण गर्दा जम्मा ६ सय ६६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, बितेको २४ घण्टामा थप ६ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को कारण यो अवधिमा थप ११ जनाले ज्यान गुमाएका हुन् ।

नेपालमा हाल १० हजार २ सय ९३ कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।