भक्तपुरमा ग्यास लिक भएर घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षति
९ कात्तिक, रौतहट । भक्तपुरको मध्यपुरथिमि नगरपालिका २ जातिगालस्थित एउटा घरमा ग्यास लिक भएर आज आगलागी भएको छ ।
मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा दिलीप केसीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी हुँदा करिब ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयहरुको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।
ग्यास लिक भएर आगलागी हुँदा धनमाल क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।