प्रलोभनमा पारी करणी गरेको आरोपमा दुई जना पक्राउ

   ९ कार्तिक २०७८, मंगलवार १२:२९  

९ कात्तिक, रौतहट । करणी आरोपमा पोखराबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा पोखरा १७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा जिल्ला कोल्बी नगरपालिका १ कोल्बी घर भएका २६ वर्षीय ऋषि भट्टराई रहेको प्रहरीले जनाएको छ ।

पोखरा लेकसाइडस्थित एक होटलमा महिलालाई काममा लगाइदिने भन्दै ललाई फकाई, प्रलोभनमा पारी डर त्रास देखाएर यौन शोषण गरेको आरोपमा उनीहरुलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रलोभनमा परी जबरजस्ती करणी गरेको भन्दैँ गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।