रौतहटमा एक पुरुषको शव फेला
८ कात्तिक, रौतहट । रौतहटको राजदेवी नगरपालिकामा आज एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
राजदेवी नगरपालिका वडा नम्बर ४ स्थित बागमती नदीको किनारमा अन्दाजी ५५ वर्षीय पुरुषको शव कुहिएको अवस्थामा भेटिएको छ । सोमबार बिहान ८ः३० बजेतिर नदीको पानीमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
वेवारिसे अवस्थामा शव फेला परेको खबर पाए लग्त्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मृतकको शव पोष्टमार्टमको लागि गौर अस्पतालमा पठाएको छ ।
वेवारिसे अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।