पाँचथरमा भएको बस दुर्घटनामा परी ६४ जना घाइते
८ कात्तिक, रौतहट । पाँचथरमा आज बस दुर्घटना हुँदा ६४ जना घाइते भएका छन् ।
आज बिहान करिब ११ः३० बजेतिर फिदिम–यासोक सडक खण्ड अन्तर्गत सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस दुर्घटना हुँदा ६४ जना घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । विश्वकर्माका अनुसार घाइतेहरूको पाँचथर, पाथिभरा र समर्पित अस्पतालमा उपचार छ ।
हाल दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।