अमेरिकाले प्रदान गरेको फाइजर खोप काठमाडौँ आइपुग्यो

   ८ कार्तिक २०७८, सोमबार १०:४२  

८ कात्तिक, रौतहट । नेपाललाई अनुदानमा अमेरिकाले दिएको फाइजर खोप आज बिहान काठमाडौँ आइपुगेको छ ।

सहयोग स्वरुप अमेरिकाले दिएको १ लाख ६२० मात्रा फाइजर खोप सोमबार बिहान ९ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको स्रोतले जनाएको छ ।

नेपालका लागि अमेरिकी दूतावासले कोभ्याक्स सुविधा अन्तर्गत प्रदान गरिएको खोप स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।

यस्तै, गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख ३ हजार डोज खोप उपलब्ध गराएको थियो ।