नेपालमा थपिए ५५७ संक्रमित, ८७७ जना कोरोनामुक्त

   ७ कार्तिक २०७८, आईतवार १७:०८  

७ कात्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, १ हजार ५ सय ६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

यस्तै, बितेको २४ घण्टामा ८ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।