भक्तपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक उपचाररत

   ७ कार्तिक २०७८, आईतवार १४:४०  

७ कात्तिक, रौतहट । भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश नं ३-०२-०१७ प ७९४२ नं को मोटरसाइकल र प्र।नं। ३-०१-००३ क. ५०६५ नं. को मिनी ट्रक आपसमा ठोकिदाँ एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चाँगुनारायण नगरपालिका ५ छालङ बस्ने सुरज तामाङको मृत्यु भएको छ, भने सोही स्थानका मोटरसाइकल चालक १९ वर्षीय महेश्वर खड्का सामान्य घाइते भएका छन् ।

भक्तपुर नगरपालिका १ स्थित यती कार्पेट नजिकबाट सल्लाघारीतर्फ जादैँ गरेको मोटरसाइकल चोङ्गा गणेश मोटर पाट्र्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै मिनी ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि ल्याएपनि उपचारकै क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको छ ।

ठक्कर दिन मिनी ट्रक चालक भक्तपुर नगरपालिका १० कमलविनायक महालक्ष्मी बस्ने ३३ वर्षीय लक्ष्मी प्रसाद दुवाललाई पक्राउ गरिएको छ ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।