बाढीपहिरो प्रभावितप्रति देउवाले दुःख व्यक्त गरे

   ७ कार्तिक २०७८, आईतवार १३:१५  

७ कात्तिक, रौतहट । बाढीपहिरोबाट पीडित भएकालाई छिटो राहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

अचानक बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोमा जनधनको ठुलो क्षति भएकाप्रति दुःख व्यक्त गर्दै छिटोभन्दा छिटो बाढी प्रभावितहरुका लागि राहत प्याकेज घोषण गर्ने देउवाले बताएका हुन् ।

केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बाढी, पहिरोका कारण सुदूरपश्चिम र प्रदेश १ मा ठूलो जनधनको क्षति भएकाप्रति देउवाले दुःख व्यक्त गरे ।