सुर्खेतबाट लागूऔषधसहित एक जना पक्राउ
७ कात्तिक, रौतहट । लागूऔषधसहित सुर्खेतबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका २ स्थित भुरेलीबाट सोही नगरपालिका कोलडाँडा बस्ने २८ वर्षीय खिमबहादुर बुढालाई खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शंकास्पद अवस्थामा उनलाई चेकजाँच गर्दा निजको साथबाट ८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुढाका साथबाट एक पुरिया र उनको घरबाट २ पुरिया खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।