सुनसरीबाट दुई जना पक्राउ

   ६ कार्तिक २०७८, शनिबार १२:२४  

६ कात्तिक, रौतहट । स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका २ स्थित रत्न रोडबाट सोही उपमहानगरपालिका १५ सगरमाथा लाइनका ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ निवासी ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले दुवै जनाको साथबाट बिल नभएको २ सय ५८ ग्राम भन्दा बढी सुनका बाला बरामद गरेको छ ।
उक्त रुपैयाँ तथा गहनासहित पक्राउ परेका उनीहरुमाथि यसबा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।