पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु

   ५ कार्तिक २०७८, शुक्रबार १२:२२  

५ कात्तिक, रौतहट । पोखरीमा डुबेर किर्तिपुरमा आज एक बालकको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ५ चारधारे नजिकैको पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ३ घर भएका सुजन लामाको छोरा सुदिन लामाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँधm पोखरीमा डुबेर गम्भीर घाइते भएका बालकलाई किर्तिपुर अस्पतालमा उपचारको लागि ल्याए पनि उपचारै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।