छुट्टाछुटै स्थानमा ५ जनाको शव फेला
५ कात्तिक, रौतहट । छुट्टाछुटै स्थानमा पानीमा डुबेको अवस्थामा ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कपिलवस्तु, नवलपरासी र पाल्पामा गरी ५ जनाको शव भेटिएको छ । कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर ५ बनगाईस्थित पानी जमेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव भेटिएको छ । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
यस्तै, नवलपरासी (पुर्व) को त्रिवेणी गाउँपालिका ५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ वर्षीय जखुमाया चौहानको शव फेला परेको छ ।
कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नम्बर ५ बनगाईस्थित पानी जमेको खाल्डोमा पनि डुबेको अवस्थामा ३२ वर्षीय एक पुरुषको शव फेला परेको छ । मृतकको हाल पहिचान हुन सकेका छैन् ।
यस्तै, पाल्पाको कालीगण्डकी नदीमा अन्दाजी ४५ वर्षीय समूहका दुई जनाको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।






