एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा
५ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन् ।
बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि धनगढी पुगेका देउवाले शुक्रबार बिहान त्यहाँ भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले एमसीसीमा संशोधन गर्नुपर्ने विषयसमेत नरहेको बताएका थिए । उनले अर्ली इलेक्सन र प्रदेश सरकार परिवर्तनबारे गठबन्धनमा छलफल हुने पनि बताए ।
प्रधानमन्त्री देउवाले वैशाखमा निर्वाचन हुने नहुने भन्नेबारे गठबन्धनसँग छलफल गरेरमात्र अघि बढ्न सकिने भनाई राखे। ‘वैशाखमा चै हाम्रो गठबन्धन छ। सल्लाह हुन्छ। म एक्लैले गर्ने कुरा छैन,’ देउवाले भने।