करेन्ट लाग्दा एकै परिवारका चार जना गम्भीर घाइते

   ४ कार्तिक २०७८, बिहीबार ११:५५  

४ कात्तिक, रौतहट । करेन्ट लागेर सप्तरीमा एकै परिवारका चाँर जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको राजविराज नगरपालिका वडा नम्बर ६ निवासी ४० वर्षीय शिव नारायण साहलाई आज बिहान करेन्ट लाग्दाँ छुटाउन गएकी उनकी ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साह गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहको घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो । त्यो होडिङ बोर्ड हटाउने क्रममा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिएको छ ।