एमालेको स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्दै

   ४ कार्तिक २०७८, बिहीबार १०:३२  

४ कात्तिक, रौतहट । ललितपुरको च्यासलमा अवस्थित तुलसीलाल प्रतिष्ठानमा आज नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्ने भएको छ ।

बिहीबार दिउँसो ३ बजे बोलाएको बैठकमा पार्टीको महाधिवेशन अगाडि गर्न लागिएको पालिका अधिवेशनबारे छलफल हुन स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कात्तिक ६ गतेदेखि वडा अधिवेशन र कात्तिक ९ गतेदेखि पालिका अधिवेशन गर्ने सुची तालिका एमालेले बनाएको छ ।
यस्तै, आजको बैठकमा विधान महाधिवेशनको समीक्षा र अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे समेत छलफल हुने बताइएको छ ।