घरायसी विवादको कारण श्रीमती हत्या
३ कात्तिक, रौतहट । श्रीमतीको हत्या आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
४२ वर्षीया श्रीमती हत्या आरोपमा सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ तिमिलेका ४७ वर्षीय कबिराम खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार ९बसुलो० प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको सूचना पाए लग्त्तै ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई मंगलबार राति नै पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।