भारी वर्षाका कारण कमला नदीको पुल भासियो

   ३ कार्तिक २०७८, बुधबार १४:५३  

३ कात्तिक, रौतहट । दुई दिनदेखि लगातार भइरहेको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल फेरि भासिएको छ ।

निरन्तर भइहरको वर्षाका कारण नदीमा पानीको बहाव बढ्न थालेसंगै पुलको दुई फिट पिलर भासिएको हो । ४७० मिटर लामो र ११ मिटर चौडाइ भएको हुलाकी सडकको मेरुदण्डको मानिने यो पुलको पश्चिमतिरबाट तेस्रो नम्बरको पिलर भासिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए । यो पुलमा १२ वटा स्पान छ ।

लामो समयदेखि पुल निर्माण कार्य सम्पन्न नभएकाले स्थानी, सर्वसाधारण तथा किसानले डुंगा चढेर आवात जावत गर्दै आएका छन् ।

यस्तै, गत असारमा पनि आएको बाढीले पूर्व तर्फबाट यो पुलको दोस्रो नम्बरको स्पान भासिएको थियो ।